गोकर्णेश्वरमा आयोजित वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कार वितरण

गोकर्णेश्वरमा आयोजित वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कार वितरण

कपन  अनलाइन  

काठमाडौं, फागुन २५। गोकर्णेश्वर नगरपालिका अन्तर्गतका विद्यालयहरूबीच  गोकर्णेश्वर नगरपालिका  शिक्षा,युवा तथा खेलकूद शाखाद्वारा आयोजित वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा विजयी छात्रछात्रालाई फागुन २३ गते एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।फागुन २३ गते गोकर्णेश्वरको ईष्ट पोल माबीमा एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो।

इष्टपोल माध्यमिक विद्यालयमा संचालन गरिएको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा माध्यमिक तहका कक्षा ९ र १० मा अध्ययनरत ३५ विद्यालयका ७० जना छात्रछात्राको सहभागिता रहेको थियो । नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा मनकामना मा.वि. प्रथम, विद्या व्यायाम स्कुल द्वितीय, गोकर्णेश्वर महादेव मा.वि. तृतीय, इष्टपोल मा.वि. र भेनस पब्लिक स्कुलका छात्रछात्राले सान्त्वना पुरस्कार जितेका थिए । बिजेताहरुले नगद पुरस्कार क्रमश  प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाइ नगद पुरस्कार क्रमश  रु. ५, हजार -, ४, हजार , ३, हजार  र १५ सय सहित प्रमाण पत्र वितरण गरिएको  थियो।

त्यसै गरी यही फागुन १७ गते माध्यमिक तहका कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भेनस पब्लिक स्कुलमा गरिएको थियो ।नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा भेनस पब्लिक स्कुल प्रथम, मनकामना मा.वि. द्वितीय, होली एन्जल्स स्कुल तृतीय, चामुण्डा मा.वि. र भेनस पब्लिक स्कुलका छात्रछात्राले सान्त्वना पुरस्कार  प्राप्त गरेका थिए ।

विजयी  बिद्यालयका बिधार्थीहरुलाई कार्यक्रमकि प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल   गोकर्णेश्वर  शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्य, जया मल्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेल, नगर शिक्षा समितिका सदस्य तथा हाजिरी जवाफ प्रतियोगिता मूल्याँकन समितिका संयोजक कृष्णप्रसाद नेपाल नगर शिक्षा सदस्य एबम प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।

 कार्यक्रममा  नगर शिक्षा सदस्य पुष्पराज भण्डारी र चन्द्रप्रसाद पौडेल, इश्वर प्रसाद सापकोटा रइष्ट पोल माविका प्रिस्न्सिपल : राजेश राई र सहायक प्रिनिस्पल प्रकाश अधिकारी, भेनस पब्लिक स्कुलका  प्रिन्सिपल नेत्रप्रसाद दाहाल, विभिन्न विद्यालयका  प्रिन्सिपल , शिक्षक एवं गोकर्णेश्वर नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो  । कार्यक्रमको अध्यक्षता इष्टपोल मा.वि.का  प्रिन्सिपल राजेश राईले गरेका थिए भने कार्यक्रम संचालन  टेकेन्द्र ढकाललेगरेका थिए

तपाइँको प्रतिक्रिया ।