काठमाण्डौ-५ का महिलाको”सहि पनि एमाले मै पनि एमाले” नृत्यमा मक्ख उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाण्डौ-५ का महिलाको”सहि पनि एमाले मै पनि एमाले” नृत्यमा मक्ख उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,फागुन २४।

काठमाडौं क्षेत्र नं ५ मा अखिल नेपाल महिला संघले आयोजना गरेको १११  औ अन्तरास्ट्रिय महिला दिवसको कार्यक्रममा “सहि पनि एमाले मै पनि एमाले” गीत बजाएर सहभागीहरुले नृत्य गर्दा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल निकै प्रफुल्लित बन्दै मजा लिएका छन।

काठमाडौंको बसुन्धरामा रहेको बसुन्धरा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा काठमाडौं सह इन्चार्ज तथा प्रदेस सभा सदस्य नारायण सिलवाल ,प्रदेस सभा सदस्य तथा काठमाडौं क्षेत्र नं ५ का संयोजक दिपक निरौला सहित अनेम संघका नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको कार्यक्रममा “सहि पनि एमाले मै पनि एमाले” गीत नृत्य प्रस्तुत गरिएको थियो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणका अन्तरबस्तुमा आलोचनात्मक टिप्पणी गर्दै आएका उपप्रधानमन्त्री पोखरेललाई एकीकरण पश्चात महासचिव पद बाट हटाएर पाखा लगाउने प्रयास भए पनि फागुन २३ गते सर्वाच्च अदालतको निर्णय पश्चात पुन सोहि पदमा आएकोमा खुसि ब्यक्त गर्दै कार्यक्रममा एक  सहभागी उनको मुहारमा आज बेग्लै आभा देखिएको महसुस भएको बताएका छन।

काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उपप्रधानमन्त्री पोखरेल सहित प्रदेस सभामा निर्वाचित सदस्य तथा काठमाडौं क्षेत्र नं ५ का तिन वटै स्थानीय तहका विभिन्न वडा बाट सहभागीहरुको बाक्लो उपस्थितिमा “सहि पनि एमाले मै पनि एमाले” गीतमा सामुहिक नृत्य हुँदा सहभागी निकै उत्साहित रहेको एक सहभागीले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।