अघि बढ नारी तिमी : कन्चन बास्तोला (कविता )

अघि बढ नारी तिमी : कन्चन बास्तोला (कविता )

कपन अनलाइन

काठमाडौं,फागुन २४ ।

देशकाे नीति निर्माण गर्ने ठाउँमा पहुँच बढाउन

पाइला अगाडि बढाउ नारी

तिमी महिलाकाे बिचार भावना

अभिव्यक्त गर्ने माध्यम बन नारी तिमी

देश बिकास अभियानमा सरिक हुँदै

महिला आवाज बुलन्द गर्न जुट नारी

तिमी महिला हकहित संरक्षण र पहिचान

स्थापित गर्ने ठाउँमा पुग नारी तिमी

नेतृत्व र क्षमता विकासबीचकाे भेदभाव हटाउन

अगाडि सर नारी तिमी

महिलाकाे शाेषण विरुद्द ऐक्यवद्दता जनाउन

कम्बर कस नारी तिमी

श्राेत र साधनकाे असमान वितरण विरुद्द

कृयाशील बन नारी तिमी

महिला वर्गमा राजनैतिक चेतना वृद्दि गर्न

अभियान चलाउ नारी तिमी

नेतृत्व प्रदान, भ्रष्टाचार निर्मुल पार्न

जनचेतना फैल्याउ नारी तिमी

महिलाका पक्षमा सन्धी सम्झाैता लागू गराउन

उन्मुख हाै नारी तिमी

समतामूलक समाज निर्माण गर्न

तत्पर हाै नारी तिमी।

तपाइँको प्रतिक्रिया ।