नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला

नेकपाको  नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार फैसला सुनाएको हो।नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेल २०७५ मङ्सिर २१ गते रिट निवेदन दायर गरेका थिए।

उक्त रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो।सर्वोच्च अदालतले फागुन २० गते नै त्यसबारे फैसला सुनाउने निर्णय गरेको थियो।तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा भएपछि आइतवारका लागि फैसला सारिएको थियो।

तपाइँको प्रतिक्रिया ।