गोकर्णको अत्तरखेलमा ‘न्यु जाल्पा इभेन्ट्स’ कम्पनी  संचालनमा

गोकर्णको अत्तरखेलमा ‘न्यु जाल्पा इभेन्ट्स’ कम्पनी  संचालनमा

कपन अनलाइन

काठमाडौं, फागुन २३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा ‘न्यु जाल्पा इभेन्ट्स’ कम्पनी  संचालनमा आएको छ। करिब २० लाखको लगानीमा सुरु भएको कम्पनीले विभिन्न जातजाति तथा धर्मअनुसारका सेवा दिने जनाएको छ।विवाह, व्रतवन्ध लयागतका विभिन्न कार्यक्रमको उत्कृष्ट व्यवस्थापन गर्ने कम्पनीका निर्देशक रजनी श्रेष्ठले जनाकारी दिइन्। कम्पनीले मानिसको दैनिक जीवनमा आउने शुभ कार्यहरूलाई व्यवस्थित बनाउने उद्देश्य लिएको छ।

इभेन्ट म्यानेजमेन्टले नेपालमा व्यवसायिकता ग्रहण गरेको लामो समय भएको छैन केही समयअघिसम्म यसको माग कर्पोरेट, म्युजिकल र फिल्मी क्षेत्रमा मात्रै हुन्थ्यो ।  बदलिदो समय संगै  , दुनीयाँ जति प्रविधि उन्मुख, रंगीन र व्यवसायिक बन्दैछ, त्यति नै इभेन्ट म्यानेजिङको स्कोप पनि फराकिलो हुँदैछ ।अहिले बिबाह, बर्थडे, एनिभर्सरी, प्राइभेट पार्टीको बढ्दो संस्कारले इभेन्ट म्यानेजमेन्टको दायरालाई ठूलो बनाएको छ ,त्यसैलाइ मध्यनजर न्यु जाल्पा इभेन्ट्स कम्पनि  शुरु गरिएको  कम्पनीले  जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।