जागेश्वरी मन्दिर गोकर्णेश्वर ४ को पुजा आरती व्यवस्थापन  भवन शिलान्यास

जागेश्वरी मन्दिर गोकर्णेश्वर ४ को पुजा आरती व्यवस्थापन  भवन शिलान्यास

कपन अनलाइन 

काठमाडौँ, फागुन २३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४  शंखडोल स्थित  जागेश्वरी  मन्दिरको पुजा आरती व्यवस्थापन  लागि  निर्माण गर्न लागिएको भवनको  आज एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  भुमि पुजन सहित  शिलान्यास गरेका  छन ।

गोकर्णेश्वर नगरपालिकाको  आर्थिक सहयोगमा  शंखडाेलका स्थानियहरूकाे अग्रसरतामा गोकर्णेश्वर नगरपालिका वडा नं ४को सहकार्यमा    जागेश्वरी  मन्दिरकाे पुजा आरती व्यवस्थापन भवनको  भूमि पुजन कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, यज्ञडोल जगडोल सामुदयिक बनका अध्यक्ष सुदर्शन सिग्देल भगवती युवा क्लबका अध्यक्ष संजय  बि क, लगायत भवन निर्माण  उपभोक्ता समितिका  पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

२०७७ साल  चैत्र ३० गते समपन्न गर्ने लक्ष्य सहित निर्माण शुरु भएको सो भवन को कुल अनुमानित लागत १२लाख ९८ हजार २९४  रुपैया ८४ पैसा  रहेको छ भने जनश्रमदान बाट  ३ लाख २८ हजार २९३ रुपैया ८४ पैसा  रहने  छ।सो को लागि कार्यलय बाट स्वीकृत रकम १० लाख रहेको छ भने कार्यलयले बेहोर्ने  कुल रकम  रु  ९ लाख ७० हजार रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव राम  कारंजितले जानकरी गराए  उक्त भवन निर्माणको लागि  गोकर्णेश्वर नगरपालिका वडा नं ८ का चन्द्रलाल श्रेष्ठले रु १५ हजार ८ सय ४० रुपैया समेत आज हस्तान्तरण गरेका थिए।   कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले समयमा नै    गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।