१११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस निशुल्क आत्मरक्षा तालिम

१११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस निशुल्क आत्मरक्षा तालिम

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

१११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर  निशुल्क आत्मरक्षा तालिम आयोजना गरिएको छ। रास्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल बाग्मती प्रदेश कमिटीको आयोजनामा भएको तालिम  मार्सल आर्ट केन्द्र नयाँबजारमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथी माननिय बिना श्रेष्ठले श्रमिक महिला दिवसको अबसरमा महिलाकै सुरक्षाका निमित्त आत्मरक्षा तालिम आयोजना गर्नु राम्रो  काम भएको बताउदै  ८मार्चमा नै यो दिबस मनाईएको इतिहासबारे  आफ्नो बिचार ब्यक्त गरेकी थिइन् ।
नाबुन केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिव सुजना जोशीको अध्यक्षतामा भएको  कार्यक्रममा अतिथिहरु नेपाल रेडक्रस सोसाईटी काठमाडौं शाखा कोषाध्यक्ष तथा समाजसेवी लक्ष्मी रत्न तुलाधर, मार्सल आर्ट केन्द्रका ब्यबस्थापक नबिन गुरुङ सहित सौन्दर्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।