समाजसेवी कानुन व्यवसायी युवराज पोखरेल रहेनन्

समाजसेवी कानुन व्यवसायी युवराज पोखरेल रहेनन्

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

लामो समय देखि वकालत र समाजसेवामा सक्रिय रहेका कानुन व्यवसायी युवराज पोखरेलको निधन भएको छ। नेपाल बार एसोसियसन ललितपुरका पुर्व उपाध्यक्ष समेत रहेका पोखरेलको भारतको नयादिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्दै आएका पोखरेल सहकारी र समाजसेवाको क्षेत्रमा  पनि सक्रिय रहेका थिए। स्थानीय संघ संस्थामा आवद्ध रहेर विकास निर्माण र विभिन्न रचनात्मक गतिविधिमा क्रियाशील रहेका पोखरेल स्पस्ट वक्ता र निडर व्यक्तित्व भएका अभियन्ता थिए ।

तपाइँको प्रतिक्रिया ।