बुढानिलकण्ठमा नगर स्तरीय दैवीप्रकोप व्यवस्थापन तालिम सम्पन्न

बुढानिलकण्ठमा नगर स्तरीय दैवीप्रकोप व्यवस्थापन तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन १९।

बुढानिलकण्ठ नगरपालिकामा नगर स्तरीय दैवीप्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ। च्यासुनडोल युवा क्लवको आयोजना,बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को संयोजन र नेपाली सेना विपद व्यवस्थापन १ नं गणको सहकार्यमा संचालन भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए।

च्यासुनडोल युवा क्लवका अध्यक्ष विकास खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का अध्यक्ष नबिन केसी ,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन ,वडा सदस्यहरु नानु खड्का श्रेष्ठ ,राम बहादुर थिंग ,राममाया महर्जन ,नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल लगायत अतिथि रहेका थिए।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि पोखरेलले आफु नेपाल सरकारको उपप्रधानमन्त्री मात्र नभएर काठमाडौं क्षेत्र नं ५ को जनप्रतिनिधि पनि भएकोले त्यहा हुने हरेक गतिविधिमा सामेल हुने प्रतिवादत्ता व्यक्त गरेका थिए। काठमाडौं क्षेत्र नं ५ का संघ संस्था र प्रतिनिधिहरुलाई ठोस कार्यक्रम र योजना ल्याउन आग्रह गर्दै उनले सबैको एकीकृत पहलमा मात्र विकास हुने धारणा राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।