गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे सवार गाडी दुर्घटनामा

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे सवार गाडी दुर्घटनामा

कपन अनलाइन

काठमाडौं फागुन १८ । गोकर्णेश्वर नगरपालिकाका  प्रमुख  सन्तोष चालिसे  सवार  गाडी ताप्लेजुङ्ग जिल्ला सुकेटार विमानस्थल नजिक दुर्घटनामा परेको छ ।

दुर्घटनामा  मेयर  चालिसे सकुशल छन् भने, बालुवा गाउँको कांग्रेस एकाई सभापति किरण विष्ट को करङमा हल्का  चोट लागेको छ।  घाईते विष्ट र  वडाअधक्ष्य राम मानन्धर लाई  विराटनगर विमानस्थलबाट  काठमाडौँ पठाइएको छ ।

मे १ ज २६३७ नम्बर को उक्त गाडीमा  मेयर  चालिसे, सभापति किरण विष्ट सहित १० जना सवार थिए।बाक्लो हुस्सु को कारण गाडी दुर्घटनामा परेको हो । पाथिभरा दर्शन गर्नजाने क्रममा दुर्घटना भएपछि  पनि मेयर सन्तोष चालिसे  मन्दिर दर्शन गरेर फर्केका छन् ।

फोटाे सौजन्य: हाम्रो दृष्टि

तपाइँको प्रतिक्रिया ।