नेकपाका मुख्य सचेतक विशाल भट्टराईलाई खोटाङ–काठमाडौ बुढानीलकण्ठ सम्पर्क मञ्चको बधाई

नेकपाका मुख्य सचेतक विशाल भट्टराईलाई खोटाङ–काठमाडौ बुढानीलकण्ठ सम्पर्क मञ्चको बधाई

कपन अनलाइन

काठमाडौं ,फागुन १८।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ–काठमाडौँ बूढानीलकण्ठ सम्पर्क मञ्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक विशाल भट्टराई सम्मान सहित बधाई दिएको छ।

उक्त भेलामा प्रमुख अतिथि भट्टराईले सर्वोच्चको फैसला स्वीकार गर्दै २३ गते बोलाइएको संसदबाट १०० भन्दा १ जना पनि सदस्य कम नभै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता गराउने दाबी गरेका गरेका थिए।

प्रमुख अतिथि भट्टराईले केपी शर्मा ओलीकै सद्विचारले बाम गठबन्धन भई बहुमतको सरकार सञ्चालन गरेको भएपनि काम गर्न नदिएको कारण गलत प्रवत्तिका मान्छेहरुलाई सत्ता सुम्पिनु भन्दा ताजा जनादेशको लागि संसद विघटन गर्नुपर्ने बाध्यता भएको  बताएका थिए।

नेकपा बुढानिलकण्ठ -१० का अध्यक्ष जगत प्रसाद निरौलाको अध्यक्षतामा भएकोभेलाले खोटाङ जिल्लामा जन्म भएर  बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने खोटांगवासीहरुलाई संगठित गर्दै नया कमिटी पनि चयन गरेको थियो।

नव गठित खोटाङ बुढानीलकण्ठ सम्पर्क मञ्च :

अध्यक्ष– हेम कुमार राई

उपाध्यक्ष– प्रकाश कटुवाल
सचिव– दिपा गुरुङ
स–सचिव– निरकाजी राई
कोषाध्यक्ष– प्रतिमा विष्ट पौडेल
सदस्य– गंगा पोखरेल
सदस्य– चर्चित राई
सदस्य– गीता रिजाल
सदस्य– गीता गौतम (रोजु)

फोटो सौजन्य :परिवर्तन खबर

 

तपाइँको प्रतिक्रिया ।