मेलम्चीमा जगदम्बा सिमेन्टको व्यवसायी र सरोकारवाला संग अन्तरक्रिया

मेलम्चीमा जगदम्बा सिमेन्टको व्यवसायी र सरोकारवाला संग अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,फागुन १८/सुशील सुवेदी

नेपालकै पुरानो सिमेन्ट उद्योग जगदम्बा सिमेन्टले सोमबार मेलम्चीमा निर्माण व्यवसायि तथा सरोकारवाला हरुसंग भेटघाट तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरेको छ ।

मेलम्ची क्षेत्रमा जगदम्बाको आधिकारीक बिक्रेता श्रीदेवी ट्रेड एण्ड सप्लायर्सको आयोजना र जगदम्बा सिमेन्ट उद्योगका आधिकारीक व्यक्तिहरुको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जगदम्बा सिमेन्टका बरिष्ठ बिक्री प्रबन्धक नवराज भुर्तेल तथा बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले जगदम्बा सिमेन्टको गुणस्तरीयता तथा प्रयोग पछिको फाइदाको बिषयमा चर्चा गरेका थिए  भने कंम्पनीका इन्जिनीयर कुशल काफ्लेले सहभागि निर्माण व्यवसायिको जिज्ञासा तथा सिमेन्ट निर्माण प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए  ।

कार्यक्रममा मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जित बहादुर कार्कीले निर्माण व्यवसायिहरुमा ओ.पि.सि. सिमेन्ट र पिपिसि सिमेन्ट प्रयोगमा गलत बुझाई रहेकोप्रति ध्यानाकर्षण गराएका थिए ।

उनले  सिमेन्ट प्रयोगमा ठाउँ अनुसार फरकपर्ने र जुनै सिमेन्ट प्रयोग भएपनि त्यसको सेट हुन लाग्ने समयमा निर्भर गर्ने र भारवहन क्षमतामा फरक नपर्ने बताएका थिए।

कार्यक्रममा जगदम्बा सिमेन्टले सहभागिहरुलाई प्रश्नोत्तरमा सहभागि गराउँदै बिभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो ।

(सुशील सुवेदी  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।