जिरी नगरपालिका वडा नं ३ मा बाल विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न
कपन अनलाइन
दोलखा ,फागुन १६ /सुकु शेर्पा
जिरी नगरपालिका वडा नं ३ काे आयोजनामा बालमैत्री र इलाका प्रहरी कार्यालय जिरी दोलखाको सहकार्यमा बाल विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।
जिरी नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि पालिकाका ९ वटै वडामा बालबालिकाहरुको सङ्कलन गरि बाल क्लब गठन गर्न निर्देशन दिए अनुसार वडा नं ३ मा १० बाल क्लब गठन गरेपछि क्लबका सबै बालबालिकाहरुलाइ भेला गराइ बालविवाह न्यूनीकरण सम्बन्धी प्रशिक्षण इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक बिष्णु बहादुर खड्काले प्रदान गरेको बालमैत्री वडा सहजकर्ता रमिला दाहालले जानकारी दिएकी छन।
वडा अध्यक्ष नुर्बु शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रहरी निरिक्षक, प्रहरी ना निरीक्षक लगायत बाल क्लबका सल्लाहकार तथा क्लबका ९० जना भन्दा बढी बालबालिकाको उपस्थिति रहेको थियो ।
(सुकु शेर्पा सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।