कोरोना भाईरस : बेनी बहादुर थापा (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन १५।

नाना रोग बढेर अहिले कोरोना भाईरस पनि,
कहिले बर्ड फ्ल्यू आउँछ लौ पनिकतै कहिले त डेंग्यू पनि ।
कहिले स्वाईन फ्ल्यू बनेर कहिले, कैले ईबोलापनि,
कैयननाम धरी यि भाईसरहरु घुम्छन् यि जता–ततै ।

कोरोना नामले प्रख्यात रोग यो अहिले त संसारमा,
चाईनाबाट शरु भएर अहिले ढाक्दैछ यो विश्वमा ।
कोरिया, ईटली ईरान पनि हुँदै संसार ढाकी सक्यो,
ईन्जेक्स र दवाई केही नहुँदा मच्चि रहेको छ यो ।

केही दिन बसी रह्यो चीनमा आतंक मच्चाएर,
हारमा मानी चीनबाट फेरी कोरोना जाँदो भयो भागेर ।
केही मानिस लौ लियो चीनमातीन चार हजार जति,
कोरिया तिरको कोरोना कनता त्याँ हालियो के कति ।

ईटाली ईरान अमेरिका पनिकतार साउदीहरु ,
धेरै मुलूकमा पुगी पनि सक्यो यो मच्चिदै खुब गरी ।
एकै दिनमा मरे कति कति ईटाली स्पेन तिर,
लग–भगचौतिस हजार मानिस मरे अहिले सब तिर ।

सफा खाऊँ अनि लगाऊँ पनि लौ राखौ सफा घर पनि,
केही काम विशेषले कहिँ गए हातमुख धोऊ पनि ।
साबुन पानीलगाई हातमुख  पनि धुनी गरौँ है सब,
भीड–भाड धेरै हुने ति ठाउँहरुमा जाँदै नजाऊँ अब ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।