शालीनदी मेलाको अवलोकन गर्न जनप्रतिनिधि सहित साँखुमा उपत्यका बिकास प्राधिकरण प्रमुख
कपन अनलाइन
काठमाडौँ, फागुन १३ । शंखरापुर नगरपालिका सालिनदीमा लागेको एक महिने माधब नारायण मेलामा उपत्यका बिकास प्राधिकरणका प्रमुख भाइ काजी तिवारी,किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का सहितको जनप्रतिनिधिहरुको टोलि द्वारा मेलाको अवलोकन भ्रमण गरेका छन । उनीहरुलाई शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ र श्री स्वस्थानी माधब नारायण व्रत तथा शालिनदी सुधार समितीका अध्यक्ष मिजेन्द्र काजी श्रेष्ठ लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए।
भ्रमण टोलीले मेला अवलोकन गर्नुको साथै शंखरापुर नगरपालिका सालिनदीमा भए गरेका विकास निर्माण बन्दै गरेको सालिनदी पार्क लगायतको बारेमा जानकारी लिनुको साथै मेला व्यवस्थापनको समग्र जानकारी लिएका थिए । एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि शालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास समेत रहेको छ। सोहि बिश्वासका कारण टाढा टाढा बाट मानिसहरु मेला भर्न शालीनदी पुग्ने गर्दछन कोरोना संक्रमणका कारण यसवर्ष माधवनारायण स्वस्थानी व्रत बस्नेहरुको संख्या घटाइएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ।
कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमाजस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।