सामाजिक विकृतिको न्यूनिकरणका लागि प्रहरी र समुदायले मिलेर काम गर्नुपर्छ : उपप्रमुख शान्ति नेपाल

कपन अनलाइन

काठमाडौं ,फागुन १३  ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ आर्याल गाउमा नव निर्मित प्रहरी बिट  भवनको उद्घाटन गरिएको छ। महानगरीय प्रहरी  बिट अर्यालगाउको कागेश्वरी मनोहरा नगरपालिका ,गोकर्णेश्वर नगरपालिका  महानगरीय प्रहरी वृत् बौद् ,बिभिन्न संघ संस्थाहरु तथा स्थानीय समुदायहरुको बिशेष सहयोगमा नवनिर्मित उक्त भवनको आज एक कार्यक्रमका बीच  प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले उदघाटन गरेका हुन्।  उक्त भवन उद्घाटन कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले प्रहरीबिट  भवनको उद्घाटन भएकोमा खुसि ब्यक्त गर्दै बिट स्थापना संगै  सुरक्षित समाज निर्माणमा टेवा पुग्ने बिश्वास ब्यक्त  गरेकी थिइन।

 जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भन्नेतर्फ जोड दिँदै  उपप्रमुख नेपालले शान्ति सुरक्षाका लागि प्रहरी र स्थानीय सरकार मिलेर जानुपर्ने धारणा व्यक्त गरेकी थिईन । समाजमा कुनै पनि घटना घट्न नदिन सबै समुदाय र नागरिकले आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्नेमा जोड  दिदै अपराध रहित समाज निर्माणको लागि समाजमा घट्ने

हिंसाजन्य कार्य, लागुऔषध दुर्व्यसनी, सामाजिक विकृतिको रोकथाम तथा न्यूनिकरणमा प्रहरी र समुदायले मिलेर काम गर्नुपर्ने बताएकी थिइन । प्रहरी वर्दी सहितका नागरिक हुन् भने जनता वर्दी विनाका प्रहरी भएको भन्दै जनतासंग सहकार्य गरेर अगाडी बढ्न आग्रह  गरेकी थिइन  । अपराध न्युनिकरण कानुनले मात्रै भन्दा पनि व्यवहारिक आचरणको शुद्धिकरणले हुने हुँदा अपराध रहित समाजको पक्षमा प्रहरी प्रशासन मात्रै  नभई  समाजका हरेक व्यक्तिको भुमिका महत्वपूर्ण हुने  धारणा ब्यक्त गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।