प्रतिनिधिसभा पुनः स्थापना गरेको खुशियालीमा बुढानिलकण्ठमा दिप प्रज्वलन
कपन अनलाइन
काठमाडौं, फागुन १३।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेको खुशियालीमा बुढानिलकण्ठमा दिप प्रज्वलन गरिएको छ ।जिल्ला कमिटी सचिवालय सदस्य एव वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , नगर कमिटीका अध्यक्ष रबिन अधिकारी लगायतको उपस्थितिमा बुढानिलकण्ठमा दिप प्रज्वलन गरिएको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बसपार्कमा भएको दिप प्रज्वलनमा नगरपालिकाका विभिन्न वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
तपाइँको प्रतिक्रिया ।