तिन नगरपालिकाको १८ हजार रोपनीमा व्यवस्थित शहर बनाउदैछौ : कागेश्वरी प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं ,फागुन १२ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ आर्याल गाउमा नव निर्मित प्रहरी बिट  भवनको उद्घाटन गरिएको छ। महानगरीय प्रहरी  बिट अर्यालगाउको कागेश्वरी मनोहरा नगरपालिका ,गोकर्णेश्वर नगरपालिका  महानगरीय प्रहरी वृत् बौद् ,बिभिन्न संघ संस्थाहरु तथा स्थानीय समुदायहरुको बिशेष सहयोगमा नवनिर्मित उक्त भवनको आज एक कार्यक्रमका बीच  प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले उदघाटन गरेका हुन्।

 उक्त भवन उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले आयोजकलाइ धन्यबाद दिदै कुनै पनि घटना घटेको दश मिनेट भित्र घटनास्थलमा प्रहरी पुग्नुपर्छ र  घटनाको अनुसन्धान गरि  दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने प्रहरीको मान्यता  रहेको बताएका थिए ।

उनले समाजलाई विगार्ने तत्वबाट समाजलाइ जोगाउन  प्रहरी दिनरात नभनी खटिरहेको भन्दै समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा लिइ जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नवनिर्मित बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने  बिश्वास ब्यक्त गरेका थिए । समाजमा हुने हरेक किसिमका अपराधलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रहरीको मात्रै नभइ आम नागरिक  पनि त्यतिनै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

 स्थानीय तह अनुसार नै प्रहरीको संरचना भएको खण्डमा नेपाल प्रहरीले धेरै काम गर्न सक्ने धारणा राखेका थिए  उनले  पुर्बी भेगमा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुर नगरपालिकाले एउटा संजाल बनाएर  विकास निर्माण लगायतको कार्य मिलेर नै गरिरहेको जानकारी गराउदै कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शंखरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २४ हजार रोपनी जग्गा मध्ये १८ हजार रोपनी जग्गालाइ समेटर व्यवस्थित बस्ति बसाउनको लागि कामहरु अघि बढेको जसको गोकर्णेश्वर नगरपालिकाको माकलबारीमामा कार्यलय नै  खोलेर  काम अघि बढाइएको जानकारी गराएका थिए।

त्यसैगरि उनले कागेश्वरी मनोहरा नगरपालिकामा मेट्रिक प्रणाली अनुसार घर नम्बर , बाटोको नामकरण लगायतको कार्य गरिएको जानकारी दिदै  कुनै पनि नगरपालिका वा स्थानीय तह बिकास गर्नको लागि पहिला त्यसको उचित प्लानिङ गर्नुपर्छ भन्ने मान्यतालाइ आत्मसाथ गर्दै कागेश्वरी मनोहरा नगरपालिकाले  प्लानिङ अनुसार काम गरिरहेको बताएका थिए ।

त्यसैगरि उनले बागमती नदीमा दुइ वटा पेडस्ट्रिज पुल  बनाउन लागेको पनि जानकारी गराउदै । नेपालको संविधानले निर्धारण गरेको तीनतहको सरकार मध्य स्थानीय तहको सरकार जनताका दैनिकी संग नजिक रहेको, जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकार  भएको बताएका थिए   ।

तपाइँको प्रतिक्रिया ।