चम्पादेवीका विद्यालयहरुमा राजनीति ,सबै पार्टीको नजर ज्ञान प्रकास मावी घोराखोरीमा
कपन अनलाइन
ओखलढुंगा ,फागुन ११।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठनमा भएको राजनीति र प्रतिस्पर्धाले निर्वाचनको झल्को दिएको छ।
गाउँपालिकाका विभिन्न विद्यालयहरुमा निर्वाचन मार्फत व्यवस्थापन समिति गठन हुँदा जित्ने दल र कार्यकर्ताहरुले बिजयोत्सव मनाउने शैलीले पनि निर्वाचन आएको महसुस हुने गरेको एक शिक्षकले बताएका छन।
यसै क्रममा फागुन २५ गते व्यवस्थापन समिति गठन गर्न लागेको ज्ञान प्रकास मावी घोराखोरी चर्चा शुरु भएको छ। गाउँपालिकाको महत्वपूर्ण शैक्षिक संस्थाका रुपमा रहेको सो विद्यालयको व्यवस्थापन समितिमा नेकपा चम्पादेवीका नेता ऋषि न्यौपाने निर्वाचन मार्फत नै विजयी बनेका थिए।
नेकपामा पछिल्लो समय देखिएको विवाद संगै कम्युनिस्टहरुको केन्द्रका रुपमा चर्चा हुने सो विद्यालयमा लामो समय पछि नेतृत्व लिन पाइने सम्भावना रहेको भन्दै नेपाली कांग्रेस चम्पादेवी हौसिएको बताउदै एक स्थानीय बुद्दिजीवीले नेकपाको रास्ट्रिय राजनीतिको प्रभाव स्थानीय नेताहरुले कसरि व्यवस्थापन गर्छन भन्ने कुराले धेरै प्रभाव पर्ने विश्लेषण गरेका छन।