Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/IMG-2654-scaled-e1614043240893.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रिय सञ्जाल गठन

काठमाडौँ, फागुन १० गते ।

मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रि सञ्जालको गठन गरिएको छ। मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकको प्रदेशस्तरीय भेलाले निरु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रि सञ्जालको गठन गरेको हो।

नेपालमा रात्रीकालिन व्यवसायमा  कार्यरत श्रमिकले थोरै तलब, नियुक्तीपत्र नपाउने, विदाको व्यवस्था नभएको, तलब पनि समयमा नपाउने र व्यवसाय सञ्चालन गर्नेबाट शारीरिक मानसिक, आर्थिक यौनिक शोषण भोग्नुपर्ने समस्या समाधानका लागि श्रमिकहरुले प्रादेशिक र राष्ट्रिय सम्मेलनको आयोजना गरेर सङ्गठित भएको  सञ्जालकी  अध्यक्ष निरु श्रेष्ठ बताएकि छन  ।
संजालले  मसाज पार्लर,पव बारलगायतका रात्रीकालिन व्यवसायमा कार्यरत श्रमिकको हक–अधिकारका लागि विश्वास नेपालले काम गर्दै आएको छ ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक अनुराधा कोइरालाले यस क्षेत्रलाई विर्सेको वर्गका रुपमा चित्रित गर्दै श्रम गर्नेलाई सम्मानको वातावरण बन्नुपर्नेमा जोड दिएकि थिइन्  ।
समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले  सो  क्षेत्रमा काम गर्ने श्रमिक वर्गको मागको सम्वोधनका लागि सम्वन्धति निकायको ध्यानाकर्षण हुने गरी आयोग काम गर्न तयार रहेको प्रतिवद्धता जनाएकि थिइन्  ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले सङ्गठित भएर हक हितका लागि एकजुट हुन आग्रह गर्दै  विदेशमा गएर घरकै काम गर्दा इज्जत र राम्रो कमाई हुन्छ भने स्वदेशमा श्रमलाई सम्मान गर्ने अवस्था नभएर यस क्षेत्रका श्रमिक जोखिममा परेको बताधारणा राखेकी थिइन्  ।

त्यस्तै विश्वास नेपालमा कार्यकारी निर्देशक बालकुमारी आलेले पेशा मर्यादित र व्यवस्थित नहुँदा यसमा संलग्न श्रमिकमा जोखिममा परेको बताएकि थिइन्  ।

तपाइँको प्रतिक्रिया ।