बुढानिलकण्ठ -१२ ले लाखेपोखरीमा बाल उधान निर्माणका लागि सार्वजनिक जग्गा संरक्षण गर्ने

कपन अनलाइन

काठमाडौं,फागुन १०।

बुढानिलकण्ठ -१२ ले लाखेपोखरीमा बाल उधान निर्माणका लागि सार्वजनिक जग्गा संरक्षण गर्ने भएको छ। वडा नं १२ मा रहेको लाखेपोखरीको जग्गा नक्शांकन र सिमांकनका लागि फागुन ११ गते बिहान ८ बजे स्थलगत अनुगमन गर्ने जानकारी दिदै वडा नं १३ ले सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

त्यसतै वडाले उक्त सार्वजनिक जग्गा वरपर रहेका सधियार र अन्य स्थानीयहरुलाई कुनै गुनासो वा समस्या भए राख्नका लागि अनुरोध गर्दै उपस्थितिका लागि निमन्त्रणा गरेको छ।

तपाइँको प्रतिक्रिया ।