नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटी (प्रचण्ड -नेपाल ) अध्यक्षमा बसन्त मानन्धर

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड -नेपाल ) पक्षको   काठमाडौं जिल्ला कमिटी अध्यक्षमा बसन्त मानन्धर चयन भएका छन। काठमाडौं क्षेत्र नं ७ (१ )  बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित बनेका मानन्धरलाई अध्यक्ष र हिमाल शर्मालाई सचिव चयन गरिएको हो।

लामो समय नेपालको विद्यार्थी आन्दोलनमा सक्रिय रहेका मानन्धर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्। त्यस्तै काठमाडौं महानगरपालिका कमिटीको अध्यक्षमा रामेश्वर श्रेष्ठ चयन भएका छन भने सचिवमा रबिन्द्र श्रेष्ठले जिम्मेवारी प्राप्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।