बुढानीलकण्ठ खड्कागाँउ खानेपानी तथा सरसफाइ आयाेजना निर्माणका लागि सम्झाैता

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

बुढानीलकण्ठ खड्कागाँउ  खानेपानी तथा सरसफाइ आयाेजना निर्माणका लागि सम्झाैता भएकाे छ ।

उक्त  आयोजनाको अनुमानित लागत रकम २२ करोड ९१ लाख ५३ हजार ६ सय रहेको छ जस मध्ये  ३० प्रतिशत उपभाेक्ता संस्था र ७० प्रतिशत नेपाल सरकारले उपलब्ध गराउने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना, हेटाैडा र बुढानीलकण्ठ खड्कागाँउ खानेपानी तथा सरसफाइ उपभाेक्ता संस्था विच याे सम्झाैता भएकाे हाे ।

सोकार्य  सुरूवात भएकाे मितिले २ वर्षमा उपभाेक्ता समितिलाइ साँचाे हस्तान्तरण गरि, वडा नं. ६ र ७ काे घर घरमा खानेपानी पुर्याउने वडा नं. ६ का  अध्यक्ष नविन केसीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।