नेकपा ओखलढुंगा जिल्ला कमिटी (प्रचण्ड -नेपाल ) अध्यक्षमा मोहन खड्का र सचिवमा हर्कबोल राई

कपन अनलाइन

ओखलढुंगा ,फागुन १०।

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड -नेपाल ) पक्षको ओखलढुंगा  जिल्ला कमिटी अध्यक्षमा मोहन कुमार  खड्का र सचिवमा हर्कबोल राई चयन भएका छन।

नेकपा एकता भए संगै गठन भएको कमिटीका अध्यक्ष मोहन कुमार खड्कालाई सहमति बमोजिम अध्यक्षमा निरन्तरता दिइएको छ भने सचिवमा हर्कबोल राईलाई चयन गरिएको छ।

संविधान सभाका सदस्य समेत रहेका सचिव  राई लामो समय देखि ओखलढुंगा जिल्लाको बामपन्थी आन्दोलनमा सक्रिय रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।