नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ३ को संयोजकमा विश्वराज श्रेष्ठ

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ३  मा संयोजकको जिम्मेवारी विश्व राज श्रेष्ठलाई प्रदान गरिएको छ। नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक चयन गरेको थियो।

काठमाडौं क्षेत्र नं ३ को संगठनको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका श्रेष्ठले साविक गागल फेदी गाउँ पार्टी कमिटीको सचिव ,इलाका कमिटीको सचिवको जिम्मेवारी पुरा गर्दै विशेष जिल्ला कमिटी सदस्य बनेका थिए।

हाल काठमाडौं जिल्ला कमिटीको सचिवालय सदस्य रहेका श्रेष्ठले काठमाडौं क्षेत्र नं ३ मा आगामी दिनमा संगठन विस्तार ,परिचालन र जनताको हितमा विभिन्न अभियानहरु संचालन गर्ने योजना रहेको बताएका छन।

काठमाडौं महानगरपालिका ,गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडाहरु रहेको काठमाडौं क्षेत्र नं ३ मा २०७४ शालमा भएको निर्वाचनमा  प्रतिनिधि सभा र प्रदेस क्षेत्र २ मा नेकपाका उम्मेदवारहरु विजयी बनेका थिए

तपाइँको प्रतिक्रिया ।