गोकर्णेश्वरमा स्कुल जान हिँडेका एक बालक ८ दिनदेखि बेपत्ता

गोकर्णेश्वरमा स्कुल जान हिँडेका एक बालक ८ दिनदेखि बेपत्ता

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

काठमाडौंको गोकर्णेश्वरमा स्कुल जान हिँडेका एक बालक ८ दिनदेखि बेपत्ता भएका छन् ।

गत फागुन २ गते स्कुल हिँडेका १५ वर्षीय निकेश लामा अहिलेसम्म पनि सम्पर्कमा नआएको उनका बुवा मीनबहादुर तामाङले जानकारी दिएका दिए। सेन्टनिअल स्कुलमा कक्षा ८ मा पढ्ने गोकर्णेश्वर नगरपालिका वडा नं  ५ जोरपाटीका निकेश फागुन २ गते बिहान ९ बजे स्कुल जान भनेर घरबाट हिँडेका थिए।

तर, स्कुल नपुग्दै उनी बाटैबाट हराएको पाइएको परिवारले जनाएको छ। निकेश हराएको केही दिनपछि मात्रै परिवारका सदस्यहरूले बौद्ध प्रहरीमा जानकारी दिएका थिए। प्रहरीले पनि अहिलेसम्म पत्ता लगाउन नसकेको मीनबहादुरको भनाइ छ।

तपाइँको प्रतिक्रिया ।