बुढानिलकण्ठ नगरपालिकामा न्यून्तम राेजगारीका लागि आवेदन खुल्ला

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

बुढानिलकण्ठ  नगरपालिकामा कम्तीमा १०० दिनकाे न्यूनतम राेजगारीमा सुचीकृत हुनका लागि आवेदन खुलेकाे छ । स्थायी रूपमा यस नगरमा बसाेबास गर्ने व्यक्तिहरूले आफ्नाे वडा कार्यलयमा गई फागुन मसान्त सम्ममा आवेदन दिनु पर्नेछ ।

याे कार्यक्रम वार्षिक डेड लाख (दैनिक ५१७) भन्दा कम आय भएका वा स्वराेजगारमा संलग्न नभएका व्यक्तिहरूलाई न्यून्तम राेजगारीमा संलग्न गराउनका लागि संचालन गरिएकाे हाे । यस कार्यक्रमकाे लक्षित वर्ग १८ देखि ५९ वर्ष उमेर समुहका बेरोजगार व्यक्तिहरू रहेका छन् ।

आवेदनका साथ नेपाली नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि, हालसालै खिचेकाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति, महिलाकाे हकमा नागरिकतामा यस नगरपालिकाकाे ठेगाना नखुलेकाे हकमा विवाह दर्ता प्रतिलिपि १ प्रति, र अन्यत्र स्थान बाट बसाईँ सराई आएकाे भए बसाँई सराई प्रमाण पत्रकाे प्रतिलिपि १ प्रति संलग्न गर्नुपर्ने छ । निवेदकले कुनै पनि सिपमुलक तालिम लिएको भए सम्बन्धित तालिमको प्रमाणपत्र प्रतिलिपि र यदि निवेदकको परिवारमा कोहि अपाङ्गता भएमा अपाङ्गता प्रमाणपत्र प्रतिलिपि पनि संलग्न गर्न नगरपालिकाको रोजगार संयोजक राजकुमार भण्डारीले जानकारी गराएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।