बुढानिलकण्ठ मन्दिरमा विशेष आरती गर्न ११,१११ ( एघार हजार एक सय एघार )

कपन अनलाइन
काठमाडौं ,फागुन १०
बुढानिलकण्ठ मन्दिरमा विशेष आरती गर्न ११,१११ ( एघार हजार एक सय एघार ) लाग्ने भएको छ।
बुढानीलकण्ठ सनातन धर्म सेवा समाजकाे प्रमुख आयाेजना तथा  बुढानीलकण्ठ मठ ,महर्षि संगीत आश्रम बुढानीलकण्ठ र बुढानीलकण्ठ बेदविद्याआश्रमकाे सहयाेगमा “बुढानीलकण्ठ एकादशी विशेष आरती कार्यक्रममा दाता वा यजमान बन्न चाहनेले उक्त रकम बुझाउन सक्ने जानकारी दिइएको छ।
फागुन  ११ गते मंगलवार “भीमा एकादशी ”  परेकाेले सो दिन आरती गर्न चाहने महानुभावले बुढानीलकण्ठ सनातन धर्म सेवा समाजको कार्यालय वा  सम्पर्क नं.०१४३७६५६०/९८६२२५०६८३ मा नाम दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।