नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ को संयोजकमा तेज ढकाल

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ को संयोजकमा तेज ढकाल

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ मा संयोजकको जिम्मेवारी  तेज ढकालले प्राप्त गरेका छन।नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक चयन गरेको थियो।

काठमाडौं क्षेत्र नं ४ मा रहेको काठमाडौं महानगरपालिका वडा नं ३० मा बसोवास गर्दै आएका ढकाल लामो समय देखि काठमाडौं जिल्ला कमिटी सदस्य रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं १,२,८,९,१०,११,१२ र १३ तथा काठमाडौं महानगरपालिकाका वडा नं १,७,८,र ३० रहेको काठमाडौं क्षेत्र नं ४ को नेतृत्व गर्ने जिम्मेवारी पाएका ढकाल विभिन्न पेशागत तथा सामाजिक संघ संस्थाहरुमा सक्रिय रहेका छन।

काठमाडौं क्षेत्र नं ४ का १२ वटै शाखाहरुमा संगठन निर्माण र परिचालनका लागि अभियान संचालन गर्ने योजना रहेको बताउदै ढकालले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारी पुर्वक बहन गर्ने प्रतिवदत्ता व्यक्त गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।