नेपालको राष्ट्रिय झण्डा फहराए संगै मुस्कुरायो जगडोल झण्डा पार्क
कपन अनलाइन
काठमाडौँ, फागुन ९ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलको क्षति पुगेको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ।केहि दिन अगाडी अज्ञात समुहले तोडफोड गरेको झन्डा र स्ट्यान्ड वडा कार्यालय र स्थानीयहरुको सक्रियतामा पुन निर्माण गरिए केहि दिन बित्न नपाउदै नेपालको राष्ट्रिय झण्डालाइ पुन: क्षति पुर्याइएको थियो।
पहिलो पटक कुनै अराजक समुहको कारण त्यस्तो भएको मानिए पनि पटक पटक यस्तो हुँदा भने विविध प्रश्न उठन थालेको छ। राष्ट्रको शान र पहिचान बोकेको झन्डा को यसरि अपमान हुँदा दोषी पहिचान गरि कारवाहीगर्नको लागि प्रहरी र नगरपालिकाको स्थानीयले ध्यानाकर्षण गराउदै शनिबार वडा र स्थानीयको सक्रियतामा नेपालको राष्ट्रय झण्डा फहराइए संगै पुन झण्डा पार्क मुस्कुराएको छ ।
तीन वर्ष अघि राष्टिय गानका रचयिता ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको उपस्थितिमा झण्डा पार्क उद्घाटन गरिएको थियो ।समय क्रम संगै दुवै नगरपालिकाले सो झन्डा पार्कमा थप पूर्वाधारका कार्यक्रम ल्याउदै सार्क राष्ट्रको समेत झण्डा राख्ने गरि काम अघि बढाउने भनिएता पनि हाल सम्म बेला बेलामा सरसफाई र झण्डा फेर्ने काम बाहेक अन्य काम हुन सकेको छैन त्यस माथि पटक पटक अराजक समुहको निशाना बनेको झण्डा पार्कमा सुरक्षा चुनौती समेत थपिएको हुँदा सीसी टिभी जडान लगायतका सुरक्षा सतर्कता र निगरानी बढाउनु आवश्यक रहेको छ ।
उपत्यका बाट नजिक रहेको सो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ।प्रातकालिन तथा सन्ध्याकालीन भ्रमण गर्नेहरुको रोजाईको केन्द्रकाका रुपमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको मनोरम दृश्यको साथै काडमाडौं उपत्यकाका अधिकांश स्थानहरु सजिलै नियाल्न सकिने हुँदा पर्यटकहरुको रोजाइमा सो स्थान पर्दै आएको छ। जगडोलको बिलय हुन लागेको परिचयलाई पुनस्थापित गर्न समेत सो झण्डा पार्क निर्माण महत्वपूर्ण रहेको छ ।