Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0859-scaled-e1613872735750.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0860-scaled-e1613872871193.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0858-scaled-e1613872942445.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0855-scaled-e1613872999171.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ ११ जगडोल भन्ज्याङमा सार्वजनिक जग्गा संरक्षण तथा खेल मैदान निर्माण सम्बन्धी छलफल

कपन अनलाइन

काठमाडौँ, फागुन ९ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल भन्ज्याङमा सार्वजनिक जग्गा संरक्षण तथा खेल मैदान निर्माण सम्बन्धी छलफल सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ नगरपालिका बाट  आर्थिक वर्ष २०७७/७८को लागि स्वीकृत नगर स्तरीय योजना अन्तर्गत  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा  करिब ५० लाखको लागतमा शेरवाल आर सि.सि ढलान तथा ढल निकास गरि   सार्वजनिक जग्गा संरक्षण गर्ने उदेश्य बाट प्राप्त रकमको बारेमा समुदायलाइ जानकारी गराउने उदेश्यका साथ छलफल आयोजना गरिएको हो। उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारी, बुढानिलकण्ठ नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी, सहित स्थानीयको उपस्थिति रहेको सो कार्यक्रम संचालन सुगम वेलफेयर सोसाईटीका अध्यक्ष श्यामराजा गौतमले गरेका थिए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११ जगडोल भन्ज्याङ सार्वजनिक जग्गा संरक्षणका लागि शेरवाल  आर सि.सि ढलान तथा ढल निकासको लागि कुल अनुमानित लागत ५३लाख ४ हजार ९सय ३७ रुपैया १५ पैसा रहेकोमा नगरपालिका बाट स्वीकृत लागत रकम  ४८ लाख ७५ हजार रहेको त्यसै गरि जन श्रमदान बाट ४ लाख २९ हजार ९ सय ३७ रुपैया १५ पैसा रहेको जानकारी गराइएको थियो उक्त काम सुगम वेलफेयर सोसाइटीउपभोक्ता समिति मार्फत हुन लागेको सो कामको  २०७७ साल पुष २८ गते सम्झौता  भएको सो काम २०७७ साल चैत्र ३० गते भित्र सकिने पनि जानकारी गराइएको थियो ।

 उक्त विनियोजित रकमले हाललाइ  शेरवाल, आर सि.सि ढलान तथा ढल निकासको काम हुने भए पनि खेल मैदान निर्माणको लागि बजेट अभाब हुने देखिए पछि जनप्रतिहरुलाई थप बजेटको लागि पहल गर्नको लागि अनुरोध गरिएको थियो।उक्त छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै  बुढानिलकण्ठ नगर पालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले आयोजकलाइ  धन्यबाद दिदै  बुढानिलकण्ठ नगरपालिका वडा नं ११को सिमानामा रहेको जगडोल विकास निर्माणको दृष्टिकोणले पछाडी परेको भन्ने स्थानीयको गुनासोलाइ ध्यानमा राखेर काम गरिरहेको जानकारी गराएका थिए ।

उनले नगर तथा वडाले समेत पर्यटकीय दृष्टिकोणको धेरै सम्भावना भएको जगडोल क्षेत्रको विकासमा न्रिवाचित भएर आए देखि नै प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले जगडोलमा यो मात्र एउटा योजना नभई  यो संग संगै जन जागृति स्कुल पछाडीको पहिरो रोकथामका लागि बिपतको योजना, त्यसैगरि पिपल बोट बाटोको लागि पहल भईरहेको,त्यसै गरि तुरुन्तै १५ लाख रुपैया पूर्वाधार विकास कोषको रकम बाट पनि काम हुन लागेको र त्यसको लागि छलफल भई रहेको जानकारी गराएका थिए ।

जगडोलमा सामुदायिक भवन निर्माणको लागि समेत बजेट रहेको जानकारी गराउदै  झण्डा पार्क मुनि रहेको मन्जु श्री पार्कमा समेत सिंढी निर्माणको लागि पनि प्रक्रिया सकिएको जानकारी गराएका थिए त्यसैगरि सहिद पार्क जगडोल भन्ज्याङ पुरानो मुख्य सडक प्याचिंग गर्ने समेत योजना रहेको बताएका  उनले झण्डा पार्कमा  मेलम्ची खानेपानी ट्यांकी निर्माण संगै झण्डा पार्कलाई पनि व्यवस्थित बनाउने डी पी आरमा रहेको र सोहि अनुसार सो कार्य हुने पनि जानकारी गराएका थिए।  उनले सबै काममा स्थानीयको सहयोग भएको खण्डमा विकास निर्माणका कामले गति लिने भन्दै गुणस्तरीय कामको लागि स्थानीयको निगरानी आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटीले आयोजकलाइ धन्यबाद दिदै स्वीकृत योजना गुणस्तरीय रुपमा समयमा नै समपन्न होस् भन्ने शुभकामना दिएका थिए। उनले सो स्थानमा खेल मैदान लगायतको पूर्वाधार निर्माण गर्ने भए सोको लागि डीपी आर निर्माण गर्न अनुरोध गरेका थिए डी पी आर निर्माण भएको खण्डमा संघ प्रदेश बाट पनि योजना पार्नको लागि सहज हुने भन्दै डी पी आर निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने जानकारी गराएका थिए। उनले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाइ प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउदै बुढानिलकण्ठ नगरपालिका भित्रका  झन्डै झन्डै ४२ /४३ वटा सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरिसकेको जानकारी गराए ।  त्यसै गरि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा पनि यसै पालि चार वटा सार्वजनिक जग्गा संरक्षण गर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।