ट्राफिक जाम : अरुणबहादुर खत्री ‘नदी’ (लघुकथा )
कपन अनलाइन
काठमाडौं ,फागुन ८ ।
साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रहप्रकाशितग¥यो अनिउसको कथासङ्ग्रहको विमोचनको कार्यक्रममामलाई जसरी भएपनिआउनै पर्छ फोन गरेर उसले भन्यो । मैले “अफिसको छुट्टी भएपछि घर फर्कदा तपाईको कथासङ्ग्रहको विमोचनमा जसरी भएपनि आउछु” हार्न नसकेर भने । उसको कथासङ्ग्रहको विमोचनहुने दिनमाअफिस छुट्टी हुनासाथपाँच बजेपछि म प्रज्ञा प्रतिष्ठानतर्फ पुगे । कार्यक्रमको प्रमुखअतिथि बाटोमा गाडीजाममा फसेर ढिला आइपुगेकाले कार्यक्रम ढिलै शुरु भयो ।
सवा छ बजेपछि मेरो मोबाइलमामलाई आमाले फोन गर्नु भएर तँअहिले कहाँ छस् घर किनअहिलेसम्म पनिआइनपुगेको भन्नुभो । मैले “आमाआजअफिसबाट घर फर्कदा बाटोमा पूरा ट्राफिक जामभएकोले म अहिले जमल कट्दैछु” भने । मैले मोबाइलमाबोलेको आवाजमसँगै कार्यक्रममा बस्ने अपरिचित साहित्यकारले सुनेर “तपाईले अहिले साहित्यिककार्यक्रममा छु भन्नु पर्नेमा किनजमल कट्दैछु भन्नु भएको ?” मलाई भन्यो । “मेरो आमाले म घर अहिलेसम्मनपुग्दाआत्तिएर फोन गर्नु भएकोले मैले त्यसो भनेर उत्तर दिनु परेको हो” मैले भने ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक