जे मन लाग्छ गर्न देउ : दिपा गुरुङ (कविता )
कपन अनलाइन
काठमाडौं ,फागुन ७।
जतिबेला मलाई आउन मन लागेको हुन्छ नि !
उनिहरु मलाई जाउ भन्छन् ।
जसरी भन्छन् उनिहरु त्यसरी आउनु रे !,
भने झै ,उहि समयमा ,उसै गरि,त्यहीँ बाटो
त्यहि चाल त्यहीँ ढालमा कसरि आउनु ?
मलाई पहाड चढेर पसिना झार्न मन हुँदा नि !,
तिमि चाँहि फाँटै फाँट आउ भन्छाै।
म जुत्तै नलाइ खालि खुट्टा हिन्ने मन हुँदा पनि
चट्ट पर, काेरि बाटी गर
म सिर फूल लगाई दिन्छु भन्छाै।
चिराइताे गुलियाे लाग्छ मलाइ
तिमी गुण र मह देखाइ लाेभ्याउन खाेज्छाै।
सिस्नुले हाेइन लसुन र प्याजले पाेल्छ मलाई
सेलााएकाे पानी पस्केर तातो सुपकाे धक्कु दिन्छौं मलाई !
भाे चाहिदैन,म आउदिन बरु ,नबाेलाउ मलाई
त्यो फाँटमा अरु नै हिडुन
मह र सुप पनि अरु नै खाउन
तर मलाई भने आउन मन लागे आउन देउ
जान मन लागे जान,जे मन लाग्छ गर्न देउ।
तपाइँको प्रतिक्रिया ।