शालीनदी माधब नारायण मेलाको शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोलि द्वारा बजार अनुगमन
कपन अनलाइन
काठमाडौँ,फागुन ७। शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ सहितको टोलि द्वारा शालिनदि मेलाको बजार अनुगमन गरेका छन ।बजार अनुगमन टोलीमा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ सहित प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडा, ईलाका प्रशासन कार्यालय साखुका प्रमुख, महानगरीय प्रहरी प्रभाग साखुका प्रमुख जानुका देबि खरेल, शंखरापुर नगरपालिकाका योजना शाखा प्रमुख राममणि ढकाल, सुचना अधिकृत सुभद्रा पुडासैनी, जनक जानकी धर्म कर्म संघका अध्यक्ष शंकर ठकुरी लगायत श्री माधब नारायण व्रत तथा शालिनदि सुधार समितिका प्रतिनिधि सहभागी भएका थिए । टोलीले अनुगमनका क्रममा शालिनदी चोक देखि चन्द्राबती सम्ममा बाटो मिचेर राखेका पसलहरु हटाउनुको साथै पसलहरुमा मूल्य सुची राख्न अनुरोध गरेका थिए ।यसअघिको वर्षहरुमा मेलामा आएको दर्शनार्थीहरु ठगिने गुनासो आए संगै अनुगमनलाइ प्रभाबकारी ढंगले अघि बढाएको नगरपालिकाले जनाएको छ ।
शालिनदी मेला भर्न आउने तिर्थालुहरु लाई कुनै किसिमको अप्ठ्यारो नहोस आवतजावतमा सहजता होस् भनेर सडक मिचेर पसल राख्ने लाई हटाइएको प्रमुख श्रेष्ठले जानकारी दिएका छन । त्यसै गरि कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र मास्क अनिवार्य प्रयोग गर्न समेत अनुरोध गरिएको उनले बताए अनुगमनका क्रममा मेयर श्रेष्ठले एकाध ठाउँमा बाहेक बिगतमा भन्दा ब्यबस्थित भएको बताउदै अनुगमन कार्यलाई नियमित रुपमा अघि बढाउने बताएका छन ।काठमाडौं बाट १७ कि.मी उत्तरपुर्ब मा अवस्थित एतिहासिक नगरी साँखु मा हुने शालिनदि मेला मा लाखौ भक्तजनहरु पुग्ने गर्दछन । निकै कठोर नीति नियम मा रहेर बस्नु पर्ने एक महिने माधबनारायण मेला लाइ यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको छ । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।
अघिल्ला वर्षमा चार सयभन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको हो । व्रतालुहरु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको छ । साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत मापदण्ड तोकिएको छ ।