कान्ति भैरब माबी पुननिर्माण नेपाल – भारत समबन्धको अनुपम उदाहरण : दिपक कुइँकेल(संबिधान सभा सदस्य )
कपन अनलाइन
काठमाडौँ,फागुन ७ ।भारत सरकारको अनुदान सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीको कान्ति भैरव माध्यमिक विद्यालय पुनर्निर्माण हुने भएको छ । बिहिबार एक कार्यक्रमका बीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा सहित कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले संयुक्त रुपमा विद्यालय भवनको पुनर्निर्माण स्थलमा भूमि पूजन सहित शिलान्यास गरेका थिए ।
करिब ३१ करोडको लागतमा बन्न लागेको उक्त बिध्यालय भवनको शिलान्यास तथा भूमि पुजन कार्यक्रमलाइ सम्बोधन गर्दै संबिधान सभा सदस्य दिपक कुइकेलले हिजो अग्रजहरुले यस स्थानमा बिध्यालय शुरु गर्नुपर्छ भनेर भाषा पाठशाला बाटसानो छाप्रोमा बिद्यालय शुरु गरेर स्थापना भएको सो स्कुल थली प्राथमिक बिद्यालय ,कन्तिभैराब मिडिल स्कुल हुदै कान्ति भैरब माबी को रुपमा रुपान्तरण भएर स्कुल अघि बढ्दै गर्दा बिभिन्न कालखण्डमा बिभिन्न व्यक्तित्वहरुले सो स्कुललाई निर्माण गर्न सहयोग गर्ने सबैलाई सम्मान सहित स्मरण गरेका थिए। उनले निर्धारित समयमा नै गुणस्तरीय रुपमा भवनको पुननिर्माण हुनेछ भन्ने बिश्वास ब्यक्त गर्दै भारत सरकार र नेपाल सरकारलाइ बिध्यालय पुननिर्माणको लागि सहयोग गरेकोमा धन्यबाद दिएका थिए ।आफु सोहि बिद्यालयको पुर्व बिद्यार्थी मात्र नभई भोल्येंटरको रुपमा शिक्षकको रुपमा काम गरेको बताउदै सोहि बिध्यालय व्यवस्थापन समितिको सदस्य हुदै अध्यक्ष भएर पनि काम गरेको पनि स्मरण गरेको थिए ।
कोरोनाको महामारीले गर्दा बैशाख देखि बन्द रहेको स्कुल भर्खर खुल्दै गरेको अवस्थामा पुननिर्माण हुदै गर्दा बिद्यार्थीलाइ बैकल्पिक रुपमा पठनपाठन सहज हुने अस्थाई व्यवस्था मिलाउन समेत उनले अनुरोध गरेका थिए।उनले जनता बाट उठेका गुनासाहरुलाई नगरपालिका बिद्यालय व्यवस्थापन समिति र आयोजनाले सम्बोधन गरेर आम जनताको भावना लाइ संग सगै लिएर गएर बिध्यालय पुननिर्माण हुनेछ भन्ने बिश्वास ब्यक्त गरेका थिए ।काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएको नया शहरको रुपमा विकास हुदै गरेको र सबै भन्दा बढी भूगोल ओघोटेको पुर्बी क्षेत्रको मध्ये भागमा अत्यन्त रमणीय स्थानमा समार्ट सिटीको योजना बन्दै गरेको, पुर्बी क्षेत्रको शहर बन्दै गरेको बिचको भागमा जुन स्कुल बन्दै छ यो नेपाल र भारतको समबन्धको अनुपम उदाहरण को रुपमा बिध्यालय निर्माण हुनेछ भन्ने बिश्वास ब्यक्त गरेका थिए ।