कागेश्वरी मनोहरा नगरपालिकाको कान्ति भैरब मा.वी देशकै नमुना बिध्यालय हुनेछ : कृष्णहरि थापा (नगर प्रमुख)

कपन अनलाइन

काठमाडौँ,फागुन ७ ।भारत सरकारको अनुदान सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५  थलीको  कान्ति भैरव माध्यमिक विद्यालय पुनर्निर्माण हुने भएको छ । बिहिबार एक कार्यक्रमका बीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा सहित कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले   विद्यालय भवनको पुनर्निर्माण स्थलमा भूमि पूजन  सहित शिलान्यास गरेका थिए  ।

करिब ३१ करोडको लागतमा बन्न लागेको उक्त बिध्यालय भवनको शिलान्यास तथा भूमि पुजन कार्यक्रमलाइ सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले पुनर्निर्माण प्राधिकरण र मित्रराष्ट्र भारत सरकारलाइ धन्यवाद दिदै बन्न लागेको कान्ति भैरब माबी नेपालकै दोस्रो नमुना बिध्यालय हुने बिश्वास ब्यक्त गरेका थिए। उनले मित्र राष्ट्र चीनको सहयोगमा पुनर्निर्माण भएको दरबार हाइ स्कुल पहिलो र त्यस पछि भारत सरकारको सहयोगमा पुननिर्माण हुन लागेको कान्ति भैरब माबी दोस्रो  रहेको बताएका थिए। उनले सो  भवन निर्माण भएपछि बिध्यार्थीलाई पठनपाठनमा सहज हुने बिश्वास ब्यक्त गर्दै

 उनले पुरातात्विक हिसाबले बाहेक सबै भन्दा ठुलो स्कुल कागेश्वरी मनोहरा नगरपालिकाको  सदरमुकाम समेत भन्न सकिने वडा नं ५ थलिलाइ सदरमुकाम जस्तै बनाउन नगरपालिका अहोरात्र खटिरहेको जानकारी गराएका थिए। उनले हाल मुलपानी मिलन चोक बाटो कुमारी बैंक देखि कान्तिपुर  सम्मको  भित्रि बाटो त्यसै गरि कोल्मतेश्वर देखि सिंखडा गाउ हुदै साँखु मुख्य सडक जोड्न लागेको जानकारी गराउदै उनले नया गाउ जाने बाटो लगायतका अन्य ठाउ बाट पनि सडक संजाल जोड्न खोजेको जानकारी गराएका थिए । उनले कान्ति भैरब माध्यमिक बिध्यालयको नाउमा रहेको ५८ रोपनी ४ आना जग्गा मध्ये केहि जग्गा लिजमा लिएर साततल्ले भवन बनाउन लागेको जानकारी गराएका थिए।

उनले सो भवन ५१ करोडको लागतमा बन्न लागेको सो भवन निर्माणको कामले गति लिदै गरेको जानकारी गराएका थिए ।उनले कान्ति भैरब माध्यमिक बिध्यालय भवन पुनर्निर्माणको लागि २०७६ साल फागुन ३ गते मित्रराष्ट्र भारतको प्राबिधिक टोलि द्वारा सर्भे डिजाइन गरेको एक वर्ष पछि शिलान्यास हुनु सुखद रहेको बताए । उनले करिब १५ महिना भित्र सक्ने लक्ष्य रहेकोमा निर्धारित समय भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाइ अनुरोध गरेका थिए । उनले सो निर्माण कार्य गुणस्तरीय हुनुपर्ने मा जोड दिदै सो कार्यमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।