Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0751-scaled-e1613701555502.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0811-scaled-e1613701620702.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0778-scaled-e1613701820550.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/DSC_0847-scaled-e1613701881224.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरीको कान्ति भैरव माध्यमिक विद्यालय भवन पुनर्निर्माण हुने

कपन अनलाइन

काठमाडौँ,फागुन ७ ।भारत सरकारको अनुदान सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५  थलीको  कान्ति भैरव माध्यमिक विद्यालय पुनर्निर्माण हुने भएको छ । बिहिबार एक कार्यक्रमका बीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले विद्यालय भवनको पुनर्निर्माण स्थलमा भूमि पूजन  सहित शिलान्यास गरेका छन ।करिब ३१ करोडको लागतमा बन्न लागेको उक्त बिध्यालय भवनको शिलान्यास तथा भूमि पुजन कार्यक्रममा संबिधान सभा सदस्य दिपक कुइकेल,कागेश्वरी नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा, उप प्रमुख बिन्दु सिंखडा पुडासैनी, आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण सापकोटा ,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्घता रहेको छ । यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ ।शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने   प्रतिबद्धता जनाएको छ

शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्घता रहेको छ । यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ ।गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ ।नवनिर्मित तीन तल्ले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख नामग्य सी. खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताइन ।नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्द  रहेको जानकारी नियोग उप–प्रमुखले गराइन ।

कार्यक्रममा ६ वटा माध्यमिक विद्यालय निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच एक सम्झौता पत्रमा हस्ताक्षर समेत  भएको थियो  । भारतले काठमाडौंको कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चारवटा विद्यालय बनाउन लागेको हो । त्यस्तै काभ्रेको सिद्धेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय पनि भारतकै आर्थिक सहयोगमा बन्न लागेको हो ।

तपाइँको प्रतिक्रिया ।