गोकर्णेश्वर आरुबारीका १० बर्षिय विनम्र सुबेदीको ‘हेर्ने आंखा’

कपन अनलाइन 

काठमाडौं ,फागुन ६ । गोकर्णेश्वर नगरपालिका  वडा नं ९ निवासी १० बर्षीय बालक विनम्र सुवेदीको आवाजमा रहेको गीत ‘हेर्ने आंखा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  । काठमाडौंस्थित एलिट ग्रयाण्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत बिनम्र सुवेदी सुमधुर  गायन मार्फत दर्शक श्रोताको मन जितेका छन्।गीत्मा सुवास जोशीको संगीत छ भने अकेस्टिक गीतारमा सुवास जोशी, बांसुरी रत्न बिके र तबलामा जगन्नाथ धौगडाको साथ छ । रचना डिपी खनालले गरेका हुन् ।

गोकर्ण जगडोल  लगायतको बिभिन्न स्थानमा छायांकन  गरिएको सो भिडियो राम्रो बनेको निर्माण पक्षको दावी रहेको छ।विनम्रले आफ्नो स्वर धेरैले रुचाएको भन्दै दर्शक-श्रोता र परिवारप्रति आभार व्यक्त गरेका छन् । सानैदेखि विद्यालयका गतिविधिमा गीत प्रस्तुत गर्दै आएका विनम्र भविष्यमा गायनलाई निरन्तरता दिने सोच रहेको बताउंछन् ।

तपाइँको प्रतिक्रिया ।