बागमती प्रदेसका युवाहरुलाई जनताको बहुदलीय जनवाद पढाउदै मदन भण्डारी फाउन्डेसन

बागमती प्रदेसका युवाहरुलाई जनताको बहुदलीय जनवाद पढाउदै मदन भण्डारी फाउन्डेसन

कपन अनलाइन

काठमाडौं ,फागुन ५ ।

मदन भण्डारी फाउन्डेसनको सुशासन र समृद्धिका संचार अभियान अन्तर्गत बागमती प्रदेसमा रहेका १३ जिल्लाका ११९ स्थानीय तहका युवाहरुलाई आधारभूत पत्रकारिता संगै जनताको बहुदलीय जनवादका विविध पक्षहरुका वारेमा प्रशिक्षण प्रदान गरिएको छ।

बागमती प्रदेसका काठमाडौं,ललितपुर,भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका प्रतिनिधिहरुको प्रदेस सुशासन केन्द्रमा र दोलखा ,सिन्धुपाल्चोक,दोलखा तथा  सिन्धुलीका प्रतिनिधिहरुले  स्थानीय विकास प्रतिष्ठानमा  तालिममा  लिइरहेका छन भने रसुवा नुवाकोट र धादिंगका प्रशिक्षार्थीहरुले जिफन्ट स्कुल अफ लेवरको भवन अनामनगरमा तालिम लिइरहेका छन।

सात दिन शैदान्तिक र ३ महिना प्रयोगात्मक कक्षाहरु सहित संचालन भैरहेको उक्त तालिममा जनताको बबुदलीय जनवाद र सुशासन शिर्षक अन्तर्गत  नेपालको कम्युनिस्ट आन्दोलनको विकासका वारेमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं अध्यक्ष कृष्ण राई र जननेता मदन भण्डारीको राजनीतिक परिवेष ,जबज र यसका विसेषताका वारेमा सुशील प्याकुरेलले  प्रशिक्षण प्रदान गरेका थिए।

त्यस्तै जबज र सुशासनमा जनप्रतिनिधिको भूमिकाका वारेमा रामशरण प्याकुरेलले प्रशिक्षण प्रदान गरेको सो तालिममा डा.भेषराज अधिकारीले प्रशिक्षार्थीहरुलाई जबज : समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाका वारेमा प्रस्ट पारेका थिए।

विश्व कम्युनिस्ट आन्दोलनको नविनतम विचार र नेपाली कम्युनिस्ट आन्दोलनको मौलिक सिदान्त जनताको बहुदलीय जनवादका वारेमा युवा पुस्तालाई जानकारी दिनुका साथै उनीहरुमा शैदान्तिक अवधारणाको आयतनलाई विस्तार गर्नका लागि उक्त पत्रकारिता संगै माथिका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

बागमती प्रदेसका मकवानपुर र चितवन जील्लाका प्रत्येक स्थानीय तह बाट प्रतिनिधित्व गर्ने  २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई फागुन ११ गते देखि चितवनमा तालिम संचालन गरिने मदन भण्डारी फाउन्डेसनले जानकारी दिएको छ।

(सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थीहरुले तयार पारेको समाचार )

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।