फागुन १४ गते ओखलढुंगामा यातायात व्यवस्था कार्यालय उद्घाटन हुने

कपन अनलाइन

ओखलढुंगा ,फागुन ५।

फागुन १४ गते ओखलढुंगामा यातायात व्यवस्था कार्यालय उद्घाटन हुने भएको छ। यातायात व्यवस्था कार्यालय रुम्जाटारमा प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राईले उक्त कार्यालय उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ।

सो कार्यालय स्थापना भए पछि यातायात सम्बन्धि सम्पूर्ण कामहरु हुने भएकोले ओखलढुंगा ,खोटांग ,सोलुखुम्बु लगायतका स्थानीय तथा व्यवसायीहरुलाई फाइदा पुग्ने एक स्थानीयले बताए।

कार्यालय नहुँदा निकै समय ,पैसा र कस्ट भोग्न बाध्य बनेका व्यवसायी तथा स्थानीयहरु लाभान्वित बनेको बताउदै उनले खुसि व्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।