शंखरापुर नगरपालिका द्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रेलर र टनेल प्लास्टिक वितरण
कपन अनलाइन
काठमाडौं, फागुन ३।शंखरापुर नगरपालिका द्वारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनि ट्रेलर र टनेल प्लास्टिक वितरण गरेको छ। आइतबार शंखरापुर नगरपालिकामा आयोजित कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका छन। किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सहयोग पुगोस भन्ने हेतुले कृषकहरुलाई नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको छ, सोहि अनुरुप आइतबार नगरपालिकाले ३२ थान मिनि ट्रेलर र ७८ थान टनेल प्लास्टिक वितरण गरेको हो।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले किसानहरुलाई आधुनिक प्रविधि संग जोडी उत्पादनमा वृद्धि ल्याउन नगरपालिकाले अनुदानमा यान्त्रिककरण वितरण गरेको बताएका थिए । कृषिमा उन्नत प्रविधिमार्फत् श्रम र लागत घटाइ उत्पादन बढाउन समय र कृषकको मागअनुसार मिनी टिलर वितरण गरेको उनले बताएका थिए ।
जिबिकामुखी र परम्परागत प्रणालीको खेतीपातीले मात्र अब नपुग्ने भन्दै उनले आधुनिक प्रबिधिको प्रयोगले किसानले प्रतिफल पाउने बिश्वास ब्यक्त गरेका थिए।नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेको बताउदै प्रमुख श्रेष्ठले व्यावसायिक र सामुहिक खेतीमा लाग्न किसानहरूलाई आग्रह गरेका थिए । सरकारले पनि कृषिमा धेरै कार्यक्रम ल्याएको जानकारी दिदै त्यसको फाइदा किसानले लिन सक्नु पर्ने भन्दै कृषिको प्रगती बिना समृद्ध नेपालको सपना पूरा नहुने बताएका थिए ।यस अघि पनि किसानहरुको हितलाई ध्यानमा राखी जैबिक मल, धान गहुँ चुट्ने मेसिन र बीउ बिजनहरु वितरण गरिएको थियो । मिनि ट्रेलर र टनेल प्लास्टिक पाएकोमा कृषकहरुले खुसि ब्यक्त गरेका थिए।
फोटो ; प्रेम प्रकाश