क्रान्तिकारी संगठन भन्नेले शैक्षिक एजेण्डालाई आफ्नो कमाइखाने भाडो बनाए: राजेश्वरी सुवेदी

क्रान्तिकारी संगठन भन्नेले शैक्षिक एजेण्डालाई आफ्नो कमाइखाने भाडो बनाए: राजेश्वरी सुवेदी

कपन अनलाइन

काठमाडौं ,फागुन १।

वैज्ञानिक समाजवादी पार्टी निकट विद्यार्थी संघका संयोजक राजेश्वरी सुवेदीले आफूलाई क्रान्तिकारी संगठन भन्न रूचाउनेहरू शैक्षिक एजेण्डालाई आफ्नो कमाइखाने भाडो बनाएको आरोप लगाएकी छन।

विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको पार्टी निकट विद्यार्थी संघको बैठकमा बोल्दै सुवेदीले  शिक्षामा व्यापारीकरण हुँदा पनि विद्यार्थी संगठनहरुको ध्यान नगएको धारणा राखेकी छन।

माघ ३० गते बसेको संघको बैठकमा उनले  अहिलेका विद्यार्थी संगठनहरू केवल शैक्षिक माफियाकरण प्रतिस्पर्धा गर्नमा मात्र लिप्त रहेको भन्दै आक्रोस व्यक्त गरेकी थिइन्।

उनले सत्तामुखी पार्टी र विद्यार्थी संगठनहरूको ध्यान गएको ध्यान शिक्षालाई निःशुल्क, सर्वव्यापी, सर्भशुलभ, व्यवहारिक र प्रविधियुक्त बनाउनको सट्टा सबैभन्दा बढी मुनाफाको स्रोत र केन्द्र बनाएको  भन्दै  देशभर भइरहेको महिला हत्या, हिंसा, बलात्कारविरुद्ध सरकार मौन बसेकोमा आश्चर्य व्यक्त गर्दै   बलात्कारी उत्पादन र संरक्षण गर्ने दलाल पूँजीवादी व्यवस्थाविरुद्ध एकजुट भई अघि बढ्ने संकल्पमा संघ एकताबद्ध रुपमा अघि बढ्ने धारणा राखेकी थिइन्।

सुवेदीको अध्यक्षतामा बसेको बैठकले यही फागुन २८ र २९ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गर्दै शैक्षिक क्षेत्रमा देखिएको माफियाकरणको अन्त्य, जनताको व्यवहारमा प्रयोग हुने शिक्षा, विज्ञान प्रविधीको विकासलगायत विषयको उठान गर्ने संयोजक सुवेदीले जानकारी दिइन् ।

तपाइँको प्रतिक्रिया ।