नेकपा प्रचण्ड-नेपाल पक्षको चम्पादेवी-काठमाडौं सम्पर्क मंचको अध्यक्षमा रुद्र पुडासैनी

कपन अनलाइन
काठमाडौं ,फागुन १।
नेकपा प्रचण्ड -नेपाल पक्षको चम्पादेवी -काठमाडौं सम्पर्क मंचको अध्यक्षमा रुद्र पुडासैनी चयन भएका छन।
नेकपा केन्द्रीय सदस्य तथा  ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारको प्रमुख अतिथ्यतामा पेरिस डाँडामा भएको भेलाले मंचको उक्त भेलाले उपाध्यक्ष काजी थापा,सचिव सुरेश लुइँटेल र  कोषाध्यक्ष डम्बर गिरि रहेको २१ सदस्यीय कमिटी गठन गरेको हो।
प्रमुख अतिथि सुनुवार सहित सो भेलामा ओखलढुंगा काठमाडौं सम्पर्क मंचका अध्यक्ष कुमार घिमिरे ,ओखलढुंगाका नेता बाबुराम गौतम सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो
उक्त कमिटीले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका बाट काठमाडौं आएर बसोवास गर्दै आएकाहरुलाई संगठित र परिचालन गर्नेछ।
तपाइँको प्रतिक्रिया ।