पासा ग्वाहालि पुच: साकोस गोकर्णेश्वर ४ द्वारा महानगरीय प्रहरी प्रभाग गोकर्णलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान

पासा ग्वाहालि पुच: साकोस गोकर्णेश्वर ४ द्वारा महानगरीय प्रहरी प्रभाग गोकर्णलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान

कपन अनलाइन

काठमाडौं, माघ २९। पासा ग्वाहालि पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ४ ले   महानगरीय प्रहरी प्रभाग गोकर्णलाई ५० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । रात्रिकालीन समयमा फ्लोरोसेन्ट ज्याकेटको अभाबमा प्रहरीहरु नै दुर्घटनाको सिकार भएका खबरहरु समाचार माध्यममा आउने गरिएकोले सो को न्यूनीकरणमा सहयोग पुगोस र संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त ५० थान फ्लोरोसेन्ट ज्याकेट महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल लाइ संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले माघ २७ गते प्रदान गरेका हुन्  ।

 सडक सुरक्षा र  दुर्घटना न्यूनीकरणका साथै रातको समयमा शान्ति सुरक्षा कायम  गर्न सहयोग पुग्ने उद्देश्यले ज्याकेट  प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख ज्ञान कुमार कट्टेलले  आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।