गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ढाका बुनाइ तालिम सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ढाका बुनाइ तालिम सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, माघ २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ले सार्वजनिक सुचना जारि गरेको छ  ।वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले माघ २६ गते जारि गरेको सुचनामा भनिएकोछ गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आर्थिक वर्ष २०७७/७८ को आर्थिक विकास अन्तर्गत क्रम संख्या ५ ब. ख. शि. नं २२५१२को बिभिन्न आर्थिक उपार्जन हुने तालिम अन्तर्गत ढाका बुनाइ तालिम संचालन गर्ने भएको हुँदा तपशिल  उल्लेखित कागजात सहित समितिका अध्यक्षलाइ सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपशिल : 

उपभोक्ता समिति: ढाका बुनाइ तालिम उपभोक्ता समिति

अध्यक्ष :शारदा थापा (९८४१०२२७२३)

प्रशिक्षक : निर कुमारी गुरुङ (९८१८९१०३४७)

आवश्यक कागजात

१) नेपाली नागरिकताको प्रतिलिपि  १ प्रति

२) पासपोर्ट साइज फोटो : २ प्रति

तालिम अवधि संचालन भएको मितिले ३ महिना

सहभागी संख्या १० जना भन्दा माथि  रहेको उक्त सुचनामा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।