गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलका  खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलका  खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ २८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको  क्वाटरफाइनलका  खेलहरु सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा सोमबार बाट शुरु भइ फागुन १ गते सम्म चल्ने सो प्रतियोगिताको आज भएको पहिलो क्वाटरफाइनल खेल विजय कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडी संग सुमन श्रेष्ठ र धुर्व प्रकाश नापितको जोडी बीच भएको थियो। निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा विजय कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीले सुमन श्रेष्ठ र धुर्व प्रकाश नापितकोको जोडीलाई २१-१८ र २१-१४ अंकको सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमामा प्रवेश गरेको छ ।

आजै भएको दोस्रो क्वाटरफाइनल खेल श्याम श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी  संग राजन श्रेष्ठ र सुरेश तामाङको जोडी बीच भएको थियो। उक्त खेलमा राजन श्रेष्ठ र सुरेश तामाङको जोडीले श्याम श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडीलाइ २१- १९ ,२१-१४ र २१-११ अंकको सोझो सेटमा पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको छ ।त्यसै गरि आज नै भएको अन्तिम क्वाटरफाइनल खेल प्रमोद चन्द्र डाँगी र कमल परियारको जोडी संग नवराज श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडी बीच भएको थियो ।उक्त खेलमा  नवराज श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले प्रमोद चन्द्र डाँगी र कमल परियारको जोडीलाइ २१-१९ र २२- २० अंकको सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो।

उनकै बार्षिक पुण्य तिथिको अवसरमा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने  र गोकर्णेश्वर नगरपालिका वडा नं ४  भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ सुरु गरिएको सो  प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा प्रथम र दितीय हुनेलाइ टिमलाई क्रमश नगद रु १० हजार र ५ हजार सहित  ट्रफी  मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।