धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा पक्राउ

कपन अनलाइन

काठमाडौं ,माघ २९ ।

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा बुधबार दिउँसो पक्राउ परेका छन् । गल्कोपाखा बस्ने सुनसरीका ४३ वर्षीय बिर्ख बहादुर भुजेललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा झापा धुलावारी घर भएका २१ वर्षीय प्रमोद न्यौपानेलाई  प्रहरीले पक्राउ गरेको हो ।
प्रमोदले बिर्ख बहादुरलाई चक्कु प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई चक्कु सहित पक्राउ गरेको जनाएको छ । घाइते बिर्ख बहादुरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको बताएको छ ।

तपाइँको प्रतिक्रिया ।