तारकेश्वर साङ्गलामा पुन बर्ड फ्लू देखियो

तारकेश्वर साङ्गलामा पुन बर्ड फ्लू देखियो

कपन अनलाइन

काठमाडौं ,माघ २९।

तारकेश्वर साङ्गलामा पुन बर्ड फ्लू देखिएको छ । वडा नं १ स्थीत साङ्गलेखोला छापका किसान प्रलाद तामाङ्ग र उनका छोरा सुमन तामाङ्गले पालेको हाँस एवं कुखुरामा बर्ड फूलु देखिएको पशु सेवा बिभागका चिकित्सक अर्जुन अर्यालले जानकारी दिएका छन  ।

अर्यालका अनुसार केहि दिन अघि सोही स्थानका कुखुरालाई त्रिपुरेश्वरको ल्यावमा चेक गर्दा हिजो बेलुकी बर्ड फ्लू पत्ता लागेको र हाल र्यापिड रेस्पोन्स टिमले १४०० हाँस र ४२ वटा कुखुरा नष्ट गरिएको बताए ।

पशु चिकित्सक तथा प्राविधिकको टोलीले प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ।केहिदन अघि काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको थियो ।फोटो सौजन्य :साझा पाना

तपाइँको प्रतिक्रिया ।