रामकुमारी झाँक्री निवासमा प्रहरी ,कार्यकर्ताको नाराबाजी

कपन अनलाइन

काठमाडौं ,माघ २९।

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा  पुगेको छ।उनलाई पक्राउ गर्न प्रहरी बिहीबार बिहान शंखमुलस्थित उनको निवास पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेको आरोपमा झाँक्रीलाई प्रहरीले सोधपुछको लागि बोलाएको थियो ।झाँक्रीले केहि दिनपहिले गोर्खामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्।

अहिले झाक्रीको निवास शंखमुल मा नेकपाका कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन।

तपाइँको प्रतिक्रिया ।