गाँजा,चिलिम र अवैध लागूऔषधसहित शंकास्पद दुई जना नियन्त्रणमा

गाँजा,चिलिम र अवैध लागूऔषधसहित शंकास्पद दुई जना नियन्त्रणमा

कपन अनलाइन

काठमाडौं ,माघ २९।

नागढुङ्गा प्रहरीले अवैध लागूऔषधसहित शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान ९ बजे चन्द्रागिरी नगरपालिका २,नागढुङ्गा नाकामा नियमित चेकजाँच गर्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ५३४५ नम्बरको यात्रुबाहक बसमा सवार पर्सा, पकाहामैनपुर गाउँपालिका ४ बस्ने वर्ष २४ का तवरेज आलम दर्जी र सोही ठाउँका वर्ष २६ का केस मियालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बसको यात्रु बस्ने बी साईडतर्फको ९, १०, ११ र १२ नम्बरको सिटमाथिको र्याकबाट बेवारिसे अवस्थामा रहेको फेनरागन ५ सय एम्पुल, डाईजेपाम ५ सय एम्पुल, लुपिजेसिक ३ सय एम्पुल, नुफिन २ सय एम्पुल गरी १ हजार ५ सय एम्पुल लागूऔषध बरामद गरेको छ। प्रहरीले  शंका लागेर चेक जाँच गर्दा बी साइडको १० नम्बर सिटमा सवार दर्जीको ज्याकेटको भित्री खल्तीबाट अन्दाजी ३ ग्राम गाँजा र चिलिम १ थान समेत फेला परेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।